गरुडा नगरपालिकाको नगर प्रमुख जैसवालको नेतृत्वमा सडक फराकिलो बनाउने अभियान जारी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ पौष ११, बिहिबार (१ साल अघि)
  • ४ पटक पढिएको
गरुडा नगरपालिकाको नगर प्रमुख जैसवालको नेतृत्वमा सडक फराकिलो बनाउने अभियान जारी

रमेश कुमार यादब
पुुुस १०, रौतहट

गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनी प्रसाद जैसवालले नगरभित्र रहेको सडकहरुमा राखिएका अबैध संरचनाहरु हटाउने अभियानलाई तीव्र बनाएका छन् । नगर प्रमुख जैसवाल स्वयम् उपस्थित भई स्थानीयहरूसँग समन्वय गर्दै सडकको बीचबाट हटाउन पहल गरिरहेका छन् । अहिले गरुडा नगरपालिका वडा नं. ३, मलाहिटोलको मुख्य गेटदेखि पश्चिमतर्फ पेटूोल पम्पअगाडि रहेको पुलसम्मको सडकलाई दुबैतिरबाट २१÷२१ फिट खाली गराउने काम भइरहेको छ ।

यस अभियानले सो क्षेत्रका सडकहरु फराकिलो हुने भएकाले सवारी दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने र आवतजावतमा सहजता ल्याउने विश्वास लिइएको छ । नगर क्षेत्रभित्र रहेका अवैध संरचना तथा अतिक्रमण हटाउने अभियानलाई तीव्रता दिँदै उनले नगरवासीको हितमा काम गरेका छन ्। स्थानियहरु यो कार्यप्रति निकै उत्साहित र हर्षित भएका छन् । सडकलाई व्यवस्थित बनाउँदा यातायात सहज हुने र नगरको समग्र स्वरुप पनि सुधारिने कुरामा उनीहरुको विश्वास छ ।

यसअघि, गरुडा नगरपालिकाको वडा नं. ९ रघुनाथपुरस्थित विद्यालयको नाममा रहेको ६ का ५ धुर जमिन खाली गराइएको थियो । उक्त जमिन विद्यालयको लागि आवश्यक पर्ने र त्यहाँ अब विद्यालय भवन निर्माण गर्ने योजना रहेको जनाइएको छ । त्यसपछि, गरुडा नगरपालिकाको वडा नं. ४ स्थित गरुडा बजार क्षेत्रमा सडकका किनारमा राखिएका सामग्री हटाउन १५ दिनको समयसीमा दिएर पुर्जी काटिएको छ ।

यो सूचनाको पालना नगर्ने संरचनाहरुविरुद्ध थप कारवाही गरिने नगरपालिकाले चेतावनी दिएको छ । नगर प्रमुख जैसवालको नेतृत्वमा गरुडा नगरपालिकाले यस किसिमका अभियानलाई प्राथमिकता दिएको छ, जसले नगरलाई व्यवस्थित, सुन्दर, र सुरक्षित बनाउने उद्देश्य राखेको छ ।

अबैध संरचना हटाउने यो अभियानले नगरपालिकाको विकासमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । स्थानीयहरुले नगरपालिकाको यो सराहनीय कार्यको खुलेर प्रशंसा गर्दै यसलाई निरन्तरता दिन आग्रह गरेका छन् । सार्वजनिक स्थललाई व्यवस्थित बनाउँदै दुर्घटना न्यूनीकरण र यातायातमा सहजता ल्याउन सबैले आफ्नो तर्फबाट सहयोग गर्नुपर्ने आवाज उठेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस