
रमेश कुमार यादब
पुस १०, रौतहट
रौतहट जिल्लाको गढिमाई नगरपालिका स्थायी घर भई हाल चन्द्रपुरमा बस्दै आउनुभएका हाईवे न्युजका अध्यक्ष तथा चर्चित पत्रकार मनोज साहले बुधबार आफ्नो छोरी कृष्टिना साहको १० औं जन्मदिनलाई विशेष र सामाजिक कार्यमा परिणत गर्नुभएको छ । उहाँले गरुडा नगरपालिकाको वडा नं. ४ स्थित श्री वंशीराम जैसवाल अनाथालयका ३५ जना अनाथ बालबालिकालाई बिहानको खाना खुवाएर र कपि,डटपेन दिएर आफ्नो खुशी बाँड्नुभएको हो । पत्रकार साहका अनुसार अनाथालयका बालबालिकालाई खाना खुवाउन पाउँदा उहाँले छुट्टै खुसी र सन्तुष्टिको अनुभव गर्नुभएको छ । उहाँले भन्नुभयो, “छोरीको जन्मदिनलाई केवल व्यक्तिगत उत्सव बनाउने भन्दा पनि यसलाई सामाजिक जिम्मेवारीका साथ मनाउन प्रयास गरे ं।“
उक्त कार्यक्रममा उहाँले बालबालिकाहरूसँग केही समय बिताउनुका साथै उनीहरूको समस्याबारे जानकारी लिनु भयो । साहले आफ्ना विचार राख्दै भने, “हामीले आफ्नो फजुल खर्च कटौती गरेर बचत गरिएको रकम सामाजिक संस्थाहरूलाई सहयोगमा लगाउन सके विशेष दिनहरू अझै अर्थपूर्ण र सम्झनलायक बन्न सक्छन ्।“ उहाँले समाजमा हुने यस्ता साना तर प्रभावकारी कार्यहरूले सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो । साहले भविष्यमा पनि यस्तै प्रकारका सामाजिक कार्यलाई
निरन्तरता दिने योजना रहेको बताउनु भयो । साथै, उहाँले बृक्षारोपण, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा पनि आफ्नो सक्रियता बढाउने लक्ष्य रहेको खुलासा गर्नुभयो ।

त्यसै कार्यक्रमको सम्बोधन गर्दै युनिक टर्न नेपालको फाउन्डर रेखा गुप्ताले भने “हामीले आफ्नो छोरीको जन्मदिन जस्ता महत्वपूर्ण दिनहरुमा गरिने फजुल खर्चलाई समेटेर सानो रकमबाट पनि धेरै जनाको १ छाक खाना खुवाउन सकिने रहेछ । भोको पेट र नाङ्गो शरिरलाई छोप्नको लागि त्यस्ता रकमले कसैलाई खुसी बनाउन सकिने रहेछ त्यस मध्ये पनि अनाथालयका अनाथ बिधार्थीलाई सहयोग गर्दा अझै धेरै खुसि लागेको फाउन्डर गुप्ताले भताईन् ।
मेरो फरक अनुभव रह्यो म अत्यन्तै खुसी छु, मैले प्राय मेरो महत्वपूर्ण दिनमा कुनै मठ, मन्दिरमा पुजा र केही रकम सहयोग गर्दै आए, कहिले साथीहरुले खुसी साटे तर आज प्रत्यक्ष यस अनाथ बालबालिकाहरुसंग खुसी साट्दा छुट्टै खुसीको आनन्द मिल्यो” उहाँले भनिनन् । त्यति मात्र नभएर अनाथालयका बिधार्थीहरु पढन लेख्नमा थप सहयोग मिलोस भनि उदेश्य सम्पुर्ण बिधार्थीहरुलाई कपि र डटपेन बितरण समेत गर्नु भएको थियो ।
अनाथालयका अध्यक्षले पत्रकार साहको यस कार्यप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगहरूले संस्थाको दैनिक कामकाजलाई सहज बनाउने र बालबालिकाको जीवनमा सकारात्मक प्रभाव पर्ने बताएका छन् । कार्यक्रममा उपस्थित स्थानीय समाजसेवी, अनाथालयका कर्मचारी र बालबालिकाहरूले समेत साहको यो पहललाई प्रेरणादायी कदमका रूपमा लिएका छन् ।
“यस्ता कामले समाजमा सहयोगको भावना अझ बलियो बनाउँछ,“ एक स्थानीय व्यक्तिले भने । पत्रकार मनोज साहको यो कार्यले
छोरीको जन्मदिन मात्र नभई समाजसेवा र मानवताको सन्देश दिन समेत सहयोग गरेको छ ।
