पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ पौष १७, बुधबार (१ साल अघि)
  • ४ पटक पढिएको
पेट्रोल र डिजेलको मूल्य बढ्यो, हवाई इन्धनको घट्यो

वर्तमानकाल सम्वाददाता
पुस १७ गते ।

पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ । नेपाल आयल निगमले मंगलबार राती १२ बजेदेखि लागु हुनेगरी पेट्रोल १ र डिजेलमा २ रुपैयाँ मूल्य बढाएको हो । त्यस्तै आन्तरिक हवाई इन्धनको मूल्य प्रतिकिलोलिटर २ रुपैयाँ तथा अन्तर्राष्ट्रिय हवाई इन्धन प्रति प्रतिकिलोलिटर १५ डलरले घटाइएको छ ।

अब पेट्रोलको मूल्य काठमाडौँ तथा पोखरामा १६३ रुपैयाँ, सुर्खेत र दाङमा १६२ रुपैयाँ र बाँकी क्षेत्रमा १६०.५० रुपैयाँ कायम भएको छ । त्यस्तै, डिजेलको मूल्य काठमाडौँ तथा पोखरामा १५३ रुपैयाँ, सुर्खेत र दाङमा १२२ रुपैयाँ र बाँकी क्षेत्रमा १५०.५० रुपैयाँ कायम भएको छ ।

आन्तरिक हवाई इन्धन प्रतिलिटर १२६ रुपैयाँ तोकिएको छ भने अन्तर्राष्ट्रिय हवाई इन्धनको काठमाडौँमा ९६०, भैरहवामा ७९३ र भैरहवामा ७७८ अमेरिकी डलर कायम गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस