रौतहट जिल्लामा बाक्लो हुस्सु र कुहिरो, सतर्कता अपनाउन चिकित्सकको आग्रह

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ पौष २०, शनिबार (१ साल अघि)
  • २ पटक पढिएको
रौतहट जिल्लामा बाक्लो हुस्सु र कुहिरो, सतर्कता अपनाउन चिकित्सकको आग्रह

पवन कुमार उपाध्याय
पुस १९, रौतहट

रौतहट लगायत मधेशका जिल्लामा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेपछि अत्यधिक चिसो बढ्न थालेको छ । चिसोबाट बच्न न्यायो लुगा लगाएर अत्यावश्यक काममा मात्रै घरबाहिर निस्किन र झोलिलो खानेकुरा खान चिकित्सकले सुझाव दिएका छन् ।विशेषगरी बालबालिका, वृद्धवृद्धा, दम तथा रुघाखोकीका बिरामी समस्यामा पर्ने भएकाले सतर्कता अपनाउन चिकित्सक ईद महम्मद मंसुर सुझाव दिएका छन ।

‘यसका साथै बाथ तथा गेठियाका रोग लागेका विरामीलाई चिसोका कारण थप समस्या बढ्ने जोखिम हुन्छ । चिसोबाट जोगिन बिहानको समयमा मर्निङ वाक नगर्न र गर्नै परे शरिर ढाकिने गरी न्यानो लुगा लगाउन आवश्यक छ’, मंसुरले भने । प्रादेशिक अस्पताल गौरका चिकित्सकहरुले भने केहीदिन देखि यहाँ अत्यधिक चिसो बढेकाले उच्च सतर्कता अपनाउन आग्रह गरे ।
‘अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियाका बिरामी बढेका छन्।

सदरमुकाम गौर क्षेत्रमा बिहानदेखि कुहिरो लाग्ने गरेको छ । यो क्रम अझै केही दिन कायम रहे थप चिसो बढ्ने अवस्था छ।
त्यसैले विशेष सतर्कताका लागि हाम्रो आग्रह छ’, उनले भने ।चिसो बढ्दै गएपछि प्रदेश सरकारले दाउरा तथा कम्बल वितरणका लागि पहल गरिरहेको जनाइएको छ । प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता दीपेन्द्रकुमार यादवले सबै जिल्लामा कम्बल पठाइसकिएको बताए । चिसोबाट बच्न अपनाउनुपर्ने सावधानीबारे चेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने तयारी
भइरहेको उनले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस