कर्कचमा रामललाको प्रतीष्ठानको अवसरमा यो वर्ष पनि राम जाप यज्ञ हुने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ माघ १, मंगलबार (१ साल अघि)
  • ३ पटक पढिएको
कर्कचमा रामललाको प्रतीष्ठानको अवसरमा यो वर्ष पनि राम जाप यज्ञ हुने

रन्धिर साह
पौष २९ गते ।

कर्कचमा रामललाको प्रतीष्ठानको अवसरमा यो वर्ष पनि राम जाप यज्ञ हुने भएको छ । रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित कर्कच कर्मैया गाउँमा २२ जनवरी अर्थात् माघको ९ गते बुधबारको दिन विभिन्न संस्कृतिक कार्यक्रमसहित राम यज्ञ हुने वडा अध्यक्ष विष्णु दासले बताएका छन् ।

उनको अनुसार गत वर्ष धुमधामको साथ रामललाको प्राण प्रतीष्ठानको अवसरमा सोही दिन राम यज्ञ भएको थियो र यो वर्ष पनि स्थानीयहरुलाइ गर्न इक्छा भएका कारण स्थानीयहरुकै सहयोगमा राम जाप यज्ञ हुने बताएका छन् । सोमबार कर्कचका पुर्व वडा अध्यक्ष अनिलकुमार झा, राहुल कुशवाहा, राजकुमार साह, गम्भिरा साह, बृजकिशोर यादव लगायत स्थानीयहरुको सहयोगमा ठाकुर बाबाको गूठी मठमा बसेको सामुहिक बैठकमा स्थानीयहरुले गाउँकै सहयोगमा राम जाप यज्ञ हुने पुर्व वडा अध्यक्ष झाले बताएका हुन् ।
पुर्व वडा अध्यक्ष झाका अनुसार कलश यात्रा, राम जिको विवाहसहित भगवान श्रीरामको भव्य छविको झन्डा र जय श्री राम, जय सीता रामको नारा सहित स्थानीय बासिहरु हर्षोल्लास तथा राममय माहौलसंग गाउँको परिक्रमा सहित राम जाप यज्ञ हुने बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस