४ करोडको लागत बन्ने ओभरहेड पानी टंयाकीको नगर प्रमुख कुर्मिद्धारा शिलान्यास

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ माघ २, बुधबार (१ साल अघि)
  • २ पटक पढिएको
४ करोडको लागत बन्ने ओभरहेड पानी टंयाकीको नगर प्रमुख कुर्मिद्धारा शिलान्यास

रमेश कुमार यादब
माघ ०१, रौतहट

बृन्दावन नगरपालिका, वार्ड नं. ८ स्थित आकडपाथडमा शुद्ध खानेपानी टंकीको शिलान्यास भएको छ । माघे संक्रान्तिको पावन अवसरमा आयोजना गरिएको विशेष कार्यक्रममा नेकपा एसका केन्द्रीय महासचिव रामकुमार भट्टराई र बृन्दावन नगरपालिकाका नगरप्रमुख बिनोद प्रसाद कुर्मीले संयुक्त रूपमा वार्ड नं.८ र ९ को सीमा क्षेत्रमा ओभरहेड पानी ट्यांकीको शिलान्यास गर्नुभएको हो ।कार्यक्रमको सम्बोधन गर्दै महासचिव रामकुमार भट्टराईले भने यो एउटा गौरवको कुरा भएको बताउनु भयो ।

यस रौतहटमा आस्रेनिक भएका पानिले बिभिन्न मानिसहरु बिरामी पर्ने जिल्ला भएको बताउंदैं यसलाई र्निमुल गर्न पालिकाले शुद्धखाने पानी टयाकी निर्माण हुँदा सबै आमजनसमुदायका लागी अत्यन्त खुसिको कुरा रहेको बताउनु भएको थियो । साथै संचारकर्मिको प्रश्नमा लम्हा नदिमा एउटा पुल निर्माणको लागी आ.व मा पहल गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।
नगर प्रमुख कुर्मीले जनताको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राख्दै खानेपानीको पहुँच पु¥याउने आफ्नो चुनावी प्रतिबद्धता अनुसार यो आयोजना सुरु गरिएको जानकारी दिनु भयो ।

उहाँले भन्नुभयो, “यो खानेपानी टंकी निर्माणले स्थानीय जनतामा शुद्ध खानेपानीको समस्या समाधान हुने विश्वास छ । हाम्रो प्राथमिकता हरेक परिवारसम्म स्वच्छ र सुरक्षित पानी पु¥याउनु हो । शुद्ध पानीको अभावले ८० प्रतिशत मानिसहरुको अकालमै ज्यान गुमाउने परेको अवस्था रहेको छ । मानिसको खानपिन सहित शुद्धपानीको धेरै नै महत्वपुर्ण भुमिका रहेको हुन्छ । त्यस कारण नगरबासिको यस समस्यालाई मध्यनजर गर्दै माघे संक्रान्तिको पावन अवसर पारि यस दुई वटा वाडका मानिसहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बिश्वास लिएका छन ।

“ठेक्कापट्टा प्रक्रियामार्फत ४ करोड ७५ लाख ७७ हजार रुपैयाँमा यो खानेपानी टंकी निर्माणको जिम्मा तिरुपति आकाश जेभी निर्माण कम्पनीलाई दिइएको छ । निर्माण कम्पनीले तोकिएको समयमा गुणस्तरीय काम सम्पन्न गर्ने प्रतिबद्धता जनाएको छ । ओभरहेड खानेपानी टंयाकी करिब ४ लाख ५० हजार लिटर पानी अटाउन सक्ने क्षमताको हुने पालिकाको प्रमुख प्रशासकिय अधिकृत खिम बहादुर भुजेलले बताउनु भयो ।

निर्माण कार्य सम्पन्न भएपछि यसले स्थानीय क्षेत्रमा दीर्घकालीन रूपमा शुद्ध खानेपानी आपूर्ति गर्नेछ । प्रमुख प्रशासकीय अधिकृत भुजेलले पनि आयोजनाको महत्त्वबारे प्रकाश पार्दै भन्नुभयो, “यो खानेपानी टंकी निर्माणपछि आकडपाथड र वरपरका बस्तीलाई सहज पानी आपूर्ति हुनेछ । यसले नगरपालिकाको खानेपानी वितरण प्रणाली थप प्रभावकारी र विश्वसनीय बनाउनेछ ।“स्थानीय बासिन्दाले शुद्ध खानेपानीको अभावका कारण भोग्नुपरेका समस्या अब समाधान हुनेमा खुसी व्यक्त गरेका छन् ।

उनीहरूले नगरपालिकाको यो पहललाई स्वागत गर्दै काम गुणस्तरीय र समयमा पूरा होस् भन्ने अपेक्षा व्यक्त गरेका छन् । यो आयोजनाले आकडपाथड क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याउने विश्वास गरिएको छ । नगरप्रमुख कुर्मीले आगामी दिनमा यस्तै जनमुखी योजनाहरू अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ । उक्त शिलान्यास कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष रविन्द्र साह, वडा नम्बर ९ का अध्यक्ष परवेज आलम, ३ नं.का वडाअध्यक्ष हरिनरायण साह, कार्यपालिका सदस्य राजेश पासवान (निर्माणी) वडा सदस्यहरू, रामकल्याण यादब, प्रधानाध्यापक उपेन्द्र महतो, युवा नेता संन्तोश पटेल, स्थानीय भद्रभलादमी, बुद्धिजीवी तथा मिडियाका पत्रकारहरूको उल्लेखनीय सहभागिता रहेको थिया

ताजा अपडेट

खोजी गर्नुहोस