लक्ष्मीपुर मुसहर बस्तीमा १५० परिवारलाई नगर प्रमुख यादबद्धारा कम्बल वितरण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ माघ ९, बुधबार (१ साल अघि)
  • २ पटक पढिएको
लक्ष्मीपुर मुसहर बस्तीमा १५० परिवारलाई नगर प्रमुख यादबद्धारा कम्बल वितरण

रमेश कुमार यादब
माघ ०८, रौतहट

रौतहट जिल्लाको गढिमाई नगरपालिका–३ लक्ष्मीपुरस्थित मुसहर बस्तीका अति बिपन्न गरिब परिवारलाई कम्बल वितरण गरिएको छ । यो कार्यक्रम गढिमाई नगरपालिकाको विशेष पहलमा सम्पन्न भएको हो । ग्ढिमाई नगरपालिकाको नगर प्रमुख श्याम प्रसाद यादवको नेतृत्वमा र बिर दलगणका गणपति किशोर अधिकारीको सहभागितामा मुसहर बस्तीका १५० जना गरिब दलित समुदायका व्यक्तिहरूलाई कम्बल प्रदान गरिएको हो ।

गढिमाई नगरपालिका शिक्षक शाखाका कर्मचारी संजय यादवका अनुसार यो कार्यक्रम नगरपालिकाले सञ्चालन गरेको शीतलहर राहत कार्यक्र मअन्तर्गत आयोजना गरिएको हो । मंगलबार आयोजित वितरण कार्यक्रममा नगर प्रमुख यादवले अत्यधिक चिसोका कारण विपन्न परिवारहरूले भोग्नुपरेको कठिनाइलाई कम गर्न यस्तो पहल गरिएको बताए ।


“बिगत दुई हप्तादेखि रौतहट सहित मधेशका विभिन्न भागमा चिसो बढ्दो छ । यसले दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने परिवारहरूमा थप कष्ट थपिएको छ । तसर्थ, नगरपालिकाले चिसोबाट राहत पु¥याउने उद्देश्यले कम्बल वितरणलाई तीव्रता दिएको छ,“ उनले भने । नगर प्रमुख यादवले नगर क्षेत्रभित्र रहेका सबै अति बिपन्न परिवारसम्म राहत पु¥याउनका लागि आफ्नो टोली सक्रिय रहेको पनि जानकारी दिए ।

यस क्रममा उनले शीतलहरको सामना गर्न नगरपालिकाको तर्फबाट थप राहतका कार्यक्रम ल्याइने प्रतिवद्धता व्यक्त गरेका छन । लक्ष्मीपुर मुसहर बस्तीमा पुगेर नगर प्रमुख यादव र गणपति अधिकारीले स्वयम् कम्बल वितरण गरेका थिए । कार्यक्रममा बस्तीका स्थानीयवासीले यो सहयोगलाई अत्यन्त सराहना गरेका थिए ।


उनीहरूले दैनिक जीवनयापनमै समस्या भोगिरहेका बेला चिसोबाट जोगिन कम्बलले ठूलो राहत मिल्ने प्रतिक्रिया दिएका थिए । बिर दलगणका गणपति किशोर अधिकारीले स्थानीयवासीलाई चिसोबाट बच्नका लागि सचेत रहन र आफ्ना बालबालिकाको स्वास्थ्यप्रति विशेष ध्यान दिन आग्रह गरेका थिए । रौतहट सहित मधेश क्षेत्रमा हालैको शीतलहरले किसान, मजदुर, र गरिब समुदायलाई गम्भीर असर पु¥याएको छ ।

दैनिक ज्यालादारी गरेर गुजारा गर्ने व्यक्तिहरूले चिसोका कारण काम गर्न समस्या झेलि रहेका छन् । यस्तो अवस्थामा गढिमाई नगरपालिकाको कम्बल वितरण कार्यक्रमले विपन्न समुदायलाई राहत प्रदान गरेको हो ।गढिमाई नगरपालिकाले आगामी दिनमा पनि यस किसिमका सहयोग कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।


“नगरपालिकाको दायित्व नागरिकप्रति छ । हाम्रो प्रयासले एउटा पनि व्यक्तिको ज्यान चिसोका कारण नजाओस् भन्ने उद्देश्य हो,“ नगर प्रमुख यादवले भने । कार्यक्रम सफल बनाउन नगरपालिकाका विभिन्न शाखाहरू, कर्मचारी, र स्थानीय प्रतिनिधिहरूले सहकार्य गरेका थिए । स्थानीय समुदायले यस्ता राहत कार्यक्रमलाई दिगो बनाउन नगरपालिकासँग हातेमालो गर्ने इच्छा व्यक्त गरेका छन् । गढिमाई नगरपालिका र अन्य स्थानीय निकायहरूले चिसोले गर्दा प्रभावित भएकाहरूलाई यस्तै राहतका कार्यक्रमहरू सञ्चालन गर्न निरन्तरता दिने जनाएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस