जीप दुर्घटना, आमा(छोरासहित तीनको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ माघ १७, बिहिबार (१ साल अघि)
  • ३ पटक पढिएको
जीप दुर्घटना, आमा(छोरासहित तीनको मृत्यु

वर्तमानकाल सम्वाददाता
माघ १७ गते ।

ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित सिद्धिचरण राजमार्गमा जीप दुर्घटना भएको छ । बिरामी बोकेर खोटाङको दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको सुमो दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर आमाछोरासहित तीन जनाको मृत्यु भएको ओखलढुंगाका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० मनिष लुइँटेलले जानकारी दिए ।

मृत्यु हुनेमा ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा पुजन गुरुङ र आफन्त ४५ वर्षीया तारा गुरुङ रहेका छन् ।

छोरा पुजन बिरामी भएपछि मायादेवीले आफन्त तारालाई साथ लिएर खोटाङबाट काठमाडौं जाँदै गरेको अवस्थामा सुमो दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप विवरण संकलनको कार्य भइरहेको उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस