अध्यक्ष पासवानमाथि लगाईएको झुठा मुद्धा खारेज गर्न दलित अगुवाहरुले प्रहरी प्रमुख घिमिरेलाई गराए ध्यानआकर्षण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ माघ १९, शनिबार (१ साल अघि)
  • ३ पटक पढिएको
अध्यक्ष पासवानमाथि लगाईएको झुठा मुद्धा खारेज गर्न दलित अगुवाहरुले प्रहरी प्रमुख घिमिरेलाई गराए ध्यानआकर्षण

वर्तमानकाल सम्वाददाता
माघ १९ गते ।

राष्ट्रिय दलित पत्रकार संघ रौतहटका अध्यक्ष एवम् वृन्दावन नगरपालिकाका कार्यपालिका सदस्य राजेश पासवान निर्माणी माथि चलाइएको झुठा मुद्दा बारेमा जिल्लाभरीका दलित अभियन्ताहरूले आज रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिलिप
घिमिरेलाई ध्यानाकर्षण गराएका छन् । गत २०८१ मंसिर १९ गते वृन्दावन नगरपालिकाको बहुअरी गाउँमा एउटा पोखरीको विवाद लिएर पासवानमाथि ईलाका प्रहरी कार्यालय गरूडाले कुटपिट अंगभंगको मुद्दा चलाएको बुझिएको छ । मुद्दा गर्ने पक्षले एउटा भिडियोमा मेरो हात आफै भाँचिएको भन्ने स्विकार गरेका छन् ।

सोही भिडियोलाई लिएर एसपि घिमिरेलाई उनीहरूले देखाएका थिए । र मुद्दा खारेजीको माग पनि गरेका थिए ।  जवाफमा एसपि घिमिरेले यस विषयलाई आफूले गम्भीरतापूर्वक लिएको र यसबारे छिट्टै अनुसंधान गरेर जानकारी गराउने प्रतिबद्धता जनाएका छन् । तत्काल धरपक्ड नर्गन पनि निर्देशन दिने बताएका छन् । स्मरणीयहोस् गतवर्ष छठ पर्वको बेला पासवानमाथि तल्लो जातको मान्छे भएर पण्डालमा किन प्रवेश गरेको भन्दै गाली,बेईज्जती कुटपिट गरेको घटना घटेको थियोे ।

जाहेरवाला व्यक्तीहरू माथी नै अध्यक्ष पासवानले जातीय भेदभावको मुदा दर्ता गराई अहिले एक वर्ष देखी निरन्तर रूपले सो मुदा लड्दै आइरहेका छन् । सोही रिसिबिलाई लिएर उनलाई यो झुठा मुद्दामा फसाइएको भन्दै मुद्दा खारिज हुनुपर्ने माग गरिएका छ ।एसपि घिमिरेसँगको भेट पश्चात् गौर स्थित ब्यारेक फिल्डमा जिल्लाको दलित अगुवा,बुद्धिजीवी,अभियन्ता,सञ्चारकर्मी एवम् विभिन्न संगठनका प्रतिनिधिहरूको संयुक्त बैठक बसेको थियो ।

बैठकमा रौतहट प्रहरी प्रमुख सँग छलफल गर्न,ध्यानाकर्षण पत्र बुझाउने,२१ मार्चमा छुवाछूत दिवस मनाउने लगायतको विषयमा छलफल गरिएको थियो । बैठकमा दलित अभियन्ताहरू धर्मेन्द्र पासवान,मटुक पासवान,रामविनय पासवान,पुनित राम,सोनेलाल
राम,उदयनारायण राम,रामविश्वास पासवान लगायत जिल्लाभरीका दलित नेता तथा अभियन्ताहरूको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस