रिंकु सदा मृत्यु प्रकरण: घटनाका मुख्य आरोपी मण्डल पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ फागुन २१, बुधबार (१२ महिना अघि)
  • २ पटक पढिएको
रिंकु सदा मृत्यु प्रकरण: घटनाका मुख्य आरोपी मण्डल पक्राउ

सिरहा,२१ फागुन। सिरहाकी नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया दलित किशोरी रिंकु सदा माथि भएको अपहरण, सामूहिक बलात्कार तथा रहस्यमयी मृत्यु घटनामा संलग्न मुख्य आरोपी मण्डल पक्राउ परेका छन् ।

घटनाको २१ दिन पछाडि मुख्य आरोपी रुपेश मण्डललाई पक्राउ गरिएको सिरहा प्रहरीले पुष्टि गरेको छ ।
बुधबार सिरहा नगरपालिका वडा नम्बर–१७ बाट मुख्य आरोपी मण्डललाई पक्राउ गरिएको सिरहा प्रहरी प्रवक्ता बिरेन्द्रकुमार पासवानले बताए ।

उनका अनुसार रिंकु मृत भेटिएपछि मण्डल फरार भएका थिए । गएको ३० माघमा रिंकु मृत भेटिएकी थिइन् ।
त्यसको चार अगाडि उनी शौच गर्न जाँदा चारजना युवकले सामुहिक बलात्कार गरेको उनले बताएकी थिइन् । त्यसपछि उक्त बलात्कारको घटनालाई गाउँमा पञ्चायत बसेर मिलापत्र गराइएको थियो ।

रिंकु मृत भेटिएपछि उनको परिवारले मण्डलसहितका विरुद्ध प्रहरीमा जाहेरी दिएको थियो ।
सप्तरी प्रहरीका अनुसार लुकिछिपी बस्दै आएको प्रहरीलाई सूचना थियो, सोही सूचना बमोजिम पक्राउ गरिएको हो ।
यसअघि भने यो घटनामा पञ्चायतीमा सहभागी भएका तीन जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जानकारी दिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस