एसइईको तयारी पूरा, पांच लाख १४ हजार ७१ जनाले परीक्षा दिंने

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ चैत्र ३, सोमबार (११ महिना अघि)
  • २ पटक पढिएको
एसइईको तयारी पूरा, पांच लाख १४ हजार ७१ जनाले परीक्षा दिंने

वर्तमानकाल सम्वाददाता
चैत ०४ गते ।

माध्यमिक शिक्षा परीक्षा(एसइई) को तयारी पूरा भएको छ। राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित सबै ठाउँमा प्रश्नपत्र पु¥याउने लगायत सबै काम सकिएको जनाएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले सबै परीक्षा तयारी पूरा भइसकेको जानकारी दिए। ‘एसइई परीक्षाका लागि हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम सकाएका छौँ, सम्बन्धित सबै ठाउँमा प्रश्नपत्र,सिम्बोल नम्बर र उत्तरपुस्तिका पुगिसकेको छ’, उनले भने।

उनले यो वर्षको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ जनाले सहभागी हुने जानकारी दिए। ‘पहिला पाँच लाख ८ हजार भनिएको थियो तर पछि हामीले सबै तथ्यांक हेर्दा संशोधन भएर आयो’, उनले भने, ‘अब कुल पाँच लाख १४ हजार ७१ जनाले एसइई
परीक्षा दिँदै छन्। यी सबै परीक्षार्थीहरूलाई परीक्षाको शुभकामना छ।’ बोर्डका अनुसार गत वर्ष (२०८०) सालको एसइईमा परीक्षामा ४ लाख ६४ हजार ७८५ जना विद्यार्थी सहभागी थिए।
तोकियो २ हजार ७९ परीक्षा केन्द्र
परीक्षा नियन्त्रण कार्यालय, कक्षा–१० का परीक्षा नियन्त्रक पौडेलका अनुसार यो वर्षको एसइई परीक्षाको लागि देशभर २ हजार ७९ परीक्षा केन्द्र तोकिएको छ। सुरक्षाको व्यवस्था हकमा केन्द्रमा जिल्लास्थित सुरक्षानिकायले मिलाउनेछ।गत वर्ष उक्त परीक्षाको लागि देशभर २ हजार ५७ वटा परीक्षा केन्द्र तोकिएका थिए। जापानमा एउटा परीक्षा केन्द्र तोकिएको थियो। यो वर्ष पनि त्यहाँ परीक्षा केन्द्र तोकिएको छ।
७० प्रतिशत उत्तीर्णदर पु¥याउने लक्ष्य
सरकारले एसइई परीक्षा उत्तीर्णदरमा ७० प्रतिशत पु¥याउने लक्ष्य लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पटक–पटक सार्वजनिक कार्यक्रममा आउँदो कक्षा–१० को एसइईको नतिजा ७० प्रतिशतसम्म पु¥याउने घोषणा गर्दै आएका छन्।गत असोज २ गते राष्ट्रिय शिक्षादिवस, २०८१ मूल समारोह समितिको कार्यक्रममा उनले भनेका थिए, ‘अनलाइन कक्षाबाट विद्यार्थीलाई मुख्य विषयहरू पढाएर एसइईको नतिजामा उल्लेख्य सुधार गरी ७० प्रतिशतसम्म पु¥याउने काम थालिएको छ। समयानुकूल शिक्षातिर अघि बढ्नुपर्नेछ। हामीले एउटा नयाँ अठोट लिएका छौँ।

आगामी दिनमा शिक्षा जीवनोपयोगी ज्ञान सीपसँग जोडिएको होस्, हाम्रा नयाँ पुस्ताका बालबालिका अक्षम छैनन्, पढ्न नसक्ने नजान्ने छैनन्।’२०८० सालको एसइईमा ४८ प्रतिशत मात्रै विद्यार्थी पास भएपछि सरकारको चर्को आलोचना भयो। सरकारले नयाँ लेटर ग्रेडिङ निर्देशिका लागू गर्दा परीक्षामा सहभागी ४ लाख ६४ हजार ७८५ जना विद्यार्थीमध्ये करिब ४८ प्रतिशत विद्यार्थी मात्रै पास भए। त्यसो त नेपालको शैक्षिक गुणस्तरमै प्रश्न उठ्न थालेपछि सरकारले उक्त लक्ष्य लिएको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एसइई परीक्षार्थीहरूलाई शुभकामना दिँदै शिक्षा तथा मानव स्रोत विकास केन्द्र,श्रव्यदृश्य शाखाबाट चैत १ गतेदेखि परीक्षामा उत्तर लेख्ने तरिका सिकाइँदै आएको बताएकी छिन्।‘यी सामग्री हेरेर सुनेर तपाईंहरूले आफ्नो लेखन कला सुधार गरी अब्बल नतिजा निकाल्न सक्नुहुन्छ’, उनले भनेकी छिन्, ‘म तपाईंहरूलाई धैर्यपूर्वक तयारी गरी सबै प्रश्न समाधान गरेर उन्नत नतिजा निकाल्न हार्दिक शुभकामना व्यक्त गर्दछु।

परीक्षाका लागि विद्यार्थीलाई सहयोग गरिदिन प्रधानाध्यापक, शिक्षक र अभिभावकमा अनुरोध गर्छु।’यो वर्षको एसइई चैत ७ गतेदेखि शुरु भएर १९ गते सकिनेछ। एसइई परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ। परीक्षा नियन्त्रण कार्यालयले सार्वजनिक गरेको एसइई परीक्षा तालिकानुसार पहिलो दिन चैत ७ गते अनिवार्य अंग्रेजी विषयको परीक्षा हुनेछ। सोही दिन संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरसातर्फ अनिवार्य अरबी भाषाको परीक्षा हुनेछ।चैत ८ गते अनिवार्य नेपाली विषय, गैरनेपाली विद्यार्थीहरूका लागि अंग्रेजी (इलेक्टिभ इङलिस)को परीक्षा हुनेछ।

ताजा अपडेट

खोजी गर्नुहोस