गजेन्द्र नारायण स्मृति अस्पतालमा एक छात्रा झुण्डिएको अवस्थामा फेला

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ चैत्र १३, बिहिबार (११ महिना अघि)
  • ३ पटक पढिएको
गजेन्द्र नारायण स्मृति अस्पतालमा एक छात्रा झुण्डिएको अवस्थामा फेला

पवन कुमार उपाध्याय
रौतहट,१४ चैत्र।
रौतहटको गरुडा नगरपालिका–१ स्थित गजेन्द्र नारायण स्मृति अस्पतालको डिप्लोमा फार्मेसी अध्ययनरत एक छात्रा मृत भेटिएकी छन् ।

रौतहटको गरुडा नगरपालिका -१ जयनगरमा अवस्थित रहको गजेन्द्र नारायण स्मृति अस्पताल डिप्लोमा फार्मेसी अध्ययनरत एक छात्रा बिहीबार बिहानै छात्राबासको शौचालयमा झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

डिप्लोमा फार्मेसी पहिलो बर्षमा अध्ययनरत १८ बर्षीय छात्रा बैठा आफू बस्ने होस्टलको बाथरुममा झुण्डिएको अवस्थामा फेला परेकी प्रहरीले जनाएको छ ।

घटनाको सुचना बिहानै ५ बजे करिब पाए लग्तै देखि अनुसन्धानमा जुटेका छौ,मृत्क बारा जिल्ला बिसरामपुर-५ ईटियाही बस्ने (नाम हटाएका छौ) बैठाको छोरी रहेकी जानकारी प्राप्त भएको छ । घरपरिवारलाई खबर गरेका छौ ,अहिले अनुसन्धान जारी रहेको रौतहट प्रहरीको भनाई छ।

ताजा अपडेट

खोजी गर्नुहोस