जडीबुटी एक कम्पनीमा आगजनी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ चैत्र १४, शुक्रबार (११ महिना अघि)
  • २ पटक पढिएको
जडीबुटी एक कम्पनीमा आगजनी

काठमाडौं,१५ चैत्र। राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरु गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएको कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवले जानकारी दिइन् । काठमाडौंको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगजनी भएको छ ।

राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरु गरेपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएको कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवले जानकारी दिइन् ।

‘साढे २ बजेतिर भित्र काम गरिरहेका थियौँ,’ यादवले भनिन्, ‘अचानक बाहिरबाट ढुंगामुढा सुरु भयो । अफिसमा अगाडि सिसैसिसा छ । कसरी ज्यान जोगाएर बस्ने भन्ने भएर भित्र कोठामा बसेका थियौँ । बाहिर राखिएका गाडीमा आगजनी गर्न सुरु गरे ।’

मुख्य भवनमा पनि आगो लगाउने डरले पछाडि पट्टी स्टोरबाट बाहिर भागेको यादवले जानकारी दिइन्।

आगजनी हुन थालेपछि प्रहरी, वन कार्यालय लगायत पहुँच भएका सबै ठाउँमा सहयोग माग्दा पनि आगो निभाउन पहल नभएको गुनासो यादवको छ ।

स्टोरमा प्राय गरी प्रज्जवनशील पदार्थहरू रहेकाले त्यहाँ आगो लाग्यो भने ठूलो विस्फोट हुने यादवले बताइन् । विस्फोट भएमा जुडीबुटी क्षेत्रमै ठूलो क्षति हुने उनको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस