कुलमानलाई कार्यकारी राष्ट्रपति बनाउन माग

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ चैत्र २३, आईतबार (१० महिना अघि)
  • २ पटक पढिएको
कुलमानलाई कार्यकारी राष्ट्रपति बनाउन माग

वर्तमानकाल सम्वाददाता
चैत २४ गते ।

नेपाल विद्युत् प्राधिकरणका पूर्व प्रवन्ध निर्देशक कुलमान घिसिङलाई कार्यकारी राष्ट्रपति बनाउनु पर्ने माग गर्दै प्रदर्शन गरिएको छ ।
आइतबार काठमाडौंको माइतीघर मण्डलीमा घिसिङको पुनर्बहाली र कार्यकारी राष्ट्रपति बनाउने मागसहित संयुक्त आन्दोलन परिचालन समितिको अगुवाइमा विरोध प्रदर्शन भएको हो ।

विरोध प्रदर्शनमा सहभागीहरूले ‘प्राधिकरण माथिको राजनीति बन्द गर, ‘देशको शान कुलमान घिसिङ’, लगायतका प्लेकार्ड बोकेका थिए भने ‘उज्यालो नेपालका नायक कुलमान घिसिङ’ टिसर्ट लगाएका थिए ।प्रदर्शनमा कुलमानको समर्थनमा ‘कुलमानलाई कार्यकारी राष्ट्रपति बनाउन पर्छ, उज्यालो नेपालका नायक कुलमान घिसिङ, देशको शान कुलमान घिसिङ’ लगायतका
नाराहरू लगाएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस