गुजराको हाकिम एक दिन कार्यालय दुई दिन भ्रमणमा सेवाग्राही मारमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ चैत्र २६, बुधबार (१० महिना अघि)
  • २ पटक पढिएको
गुजराको हाकिम एक दिन कार्यालय दुई दिन भ्रमणमा सेवाग्राही मारमा

कृष्ण तिवारी
चैत २६ गते ।

रौतहटको गुजरा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत मित्र ढकाल समयमा कार्यालयमा नहुँदा स्थानीय तहको काम प्रभावित भएको छ । प्रमुख प्रशासकीय अधिकृत नहुँदा यस क्षेत्रका सेवाग्राहीले समस्या भोग्नु परेको छ ।  गुजरा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ढकालले एक दिन कार्यालयमा दुई दिन भ्रमणमा दुई दिन घरमा बस्नुको कारण चालु आर्थिक वर्ष सकिन अब साढे तीन महिना मात्रै बाँकी रहेको छ । केही योजना सम्झौता हुँन बाँकी छन् । सम्पन्न भएका योजनाको भुक्तानी हुन नसक्दा नगरका सेवाग्राहीले समस्या झेल्नु परेको एक जना जनप्रतिनिधिले दुखेसो पोखे। 

अधिकृत ढकाल कार्यालय अनुपस्थितको कारण सेवाग्राही मर्कामा परेका छन् । दुई सातादेखि कुनै पनि काम हुन नसक्दा सेवाग्राही रितै फर्किन बाध्य छन् ।  प्रमुख प्रशासकीय अधिकृत ढकालले बिना कमिसन लिइ कामै नगर्ने गरेको आरोप लागेको छ । कमिसन दिनेलाई मात्र भुक्तानी दिने गरेको र कमिसन नदिनेलाइ विभिन्न बहाना बनाएर आल्टाल गर्ने गरेको स्रोतले जनाएको छ ।

ढकालले आन्तरिक राजनीति गतिविधिमा सहभागी भएको र अनुचित आर्थिक लाभका लागि चलखेल गरेकोउपभोक्ता समितिमार्फत गरिएका कार्यलाई नियतवस दुःख दिई रहेको एक जना सेवाग्राहीले बताए ।प्रमुख प्रशासकीय अधिकृत ढकालले तीन महिनामै मितव्ययिता तोडेर आर्थिक आतंक  मच्चाएका छन् । प्रमुख प्रशासकीय ढकालले नियमविपरीत आफ्नो भ्रमण  खर्च निकासा गरेका छन् ।

जनप्रतिनिधि तथा प्रमुख  प्रशासकीय अधिकृतको भ्रमण आदेश नगरपालिकाको नगर प्रमुखले स्वीकृत गर्ने कानुनी  व्यवस्था छ । तर, अधिकृत ढकालले आफूखुसी आफ्नो भ्रमण आदेश  आफैं स्वीकृत गरी लाखौं रकम निकासा गरेको एक जना जनप्रतिनिधिले नाम न लेख्ने सर्तमा बताएका छन। यस सम्बन्धमा प्रतिक्रिया लिनको लागि वहाँको मोबाइल न.९८१–६५७२७५८ मा सम्पर्क हुन सकेन ।

ताजा अपडेट

खोजी गर्नुहोस