रौतहटमा करेन्ट लागेर एकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ चैत्र २८, शुक्रबार (१० महिना अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

वर्तमानकाल सम्वाददाता
चैत २८, रौतहट

रौतहटको ईशनाथ नगरपालिका ३ मा करेन्ट लागेर बिहीबार नाबालकको मृत्यु भएको छ । पानी तान्ने कलमा लागेको मोटरमा करेन्ट लागेर ईशनाथ नपा ३ औरैया टोलका सिराजुल मियाँको ७ वर्षीया छोरा आलम मियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

खेल्दा खेल्दै छिमेकी इस्लाम देवानको पानी तान्न हेन्ड पाइपमा जडान गरिएको मोटरमा करेन्ट लागेर घाइते भएका नाबालकलाई उपचारका लागि प्रादेशिक अस्पताल गौरमा ल्याउँदा चिकित्सले मृत घोषित गरेको प्रहरी निरीक्षक उमाशंकर प्रसादले बताउनुभयो । यसतै, शव पोस्टमार्टम प्रादेशिक अस्पताल गौरमा भइरहेको तथा घटनाबारे अनुसन्धान भइरहेको समेत प्रहरी
निरीक्षक प्रसादले बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस