दुर्गा प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष गर्यो आत्मसमर्पण

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ चैत्र २८, शुक्रबार (१० महिना अघि)
  • ३ पटक पढिएको
दुर्गा प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष गर्यो आत्मसमर्पण

वर्तमानकाल सम्वाददाता
चैत २८ गते ।

मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ परेका छन् । उनको सचिवालयले प्रसाईंले आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उल्लेख गरेको छ । ‘अहिले २ घण्टा अगाडि हाम्रा अभियानका संयोजक श्री दुर्गा प्रसाईंलेज्यूले आफ्नो सुरक्षाका लागि आफैँ भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गर्नु भएको छ’, उनको सचिवालयले बिहीबार राति फेसबुकमार्फत भनेको छ ।

हिजो आफूहरुले भिडियो मार्फत ज्यानको सुरक्षाको ग्यारेन्टी भए २४ घण्टाभित्र उपस्थित हुने भनेको र आज उपस्थित भएको सचिवालयको भनाइ छ । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक रहेका प्रसाईंमाथि चैत १५ गते तीनकुनेमा हिंसा भड्काएको आरोप छ, उनले आफैँले गाडी चलाएर प्रहरीलाई किच्नेशैलीमा पेलेका थिए ।

त्यसपछि अवस्था उग्र बन्दै दुई जनाको ज्यान समेत गएको थियो । घटनालगत्तै फरार भएका उनी भारत भागेका थिए । प्रसाईंले आफूले भारतमा आत्मसमर्पण गरेको बताइँरहँदा नेपाली अधिकारीहरुले भने हालसम्म औपचारिक पुष्टि गरेका छैनन् ।

ताजा अपडेट

खोजी गर्नुहोस