मधेशका १८ सयभन्दा बढी स्वास्थ्यकर्मी धर्नामा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८१ चैत्र २८, शुक्रबार (१० महिना अघि)
  • ३ पटक पढिएको
मधेशका १८ सयभन्दा बढी स्वास्थ्यकर्मी धर्नामा

वर्तमानकाल सम्वाददाता
चैत २९ गते ।

मधेश प्रदेशका एक हजार आठ सयभन्दा बढी स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।मुख्यमन्त्री कार्यालय अगाडि जारी धर्नामा चौथो र पाँचौं तहका सिअहेव तथा सिअनमी स्वास्थ्यकर्मी सहभागी छन् । उनीहरूले चैत २५ गतेदेखि धर्ना सुरु गरेका थिए । धर्नामा सहभागी संयोजक मोहन साहले मधेश प्रदेश सरकारले ल्याएको ‘मधेश प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१’ मा उल्लेख भएको एक बाध्यात्मक वाक्यांशका कारण आफूहरु धर्नामा बसेको बताउनुभयो । उक्त ऐनका कारण आफूहरु बढुवाबाट वञ्चित भएको उहाँले बताउनुभयो ।

उक्त वाक्यांशअनुसार “कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम समायोजन भइसकेका स्वास्थ्यकर्मीहरूको बढुवा यही ऐन बमोजिम मात्र हुनेछ ।” यही बुँदालाई आधार मानेर मधेश लोकसेवा आयोगले प्रक्रिया रोकेपछि चौथो तहबाट सेवा सुरु गरेका कर्मचारीहरू अन्योलमा परेका छन् । आन्दोलनमा सहभागी करिव आधा स्वास्थ्यकर्मी महिला छन् । उनीहरू पनि सक्रिय रूपमा धर्नामा सहभागी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस