रौतहट ट्राफिक प्रहरीद्वारा १ करोड ७ लाख राजस्व संकलन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख ७, आईतबार (१० महिना अघि)
  • ३ पटक पढिएको
रौतहट ट्राफिक प्रहरीद्वारा १ करोड ७ लाख राजस्व संकलन

वर्तमानकाल सम्बाददाता

रौतहट,०७ वैशाख। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रिगाहपुर तथा मातहतका युनिटहरुले चालू आर्थिक वर्ष २०८१,८२ को ९ महिनाको अवधिमा १ करोड ७ लाख बराबरको राजस्व संकलन गरेको छ।

गत साउन महिना देखी चैत मसान्तसम्म रौतहट जिल्लामा नियम बिपरित चल्ने ११ हजार ४८९ सवारी साधन लाई गरिएको कारवाहीबाट कुल १ करोड ७ लाख ४६ हजार रुपैयाँ राजश्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक लोकेन्द्र अधिकारीले जानकारी दिएका छन्।

९ महिनाको अवधिमा जिल्ला भरीमा भएको ५४९ सवारी दुर्घटनामा ३८ जना मानिसको मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिएका छन्। उक्त दुर्घटनामा परी ६६ जना मानिस गम्भीर घाइते तथा ८३६ जना सामान्य घाईते भएको ट्राफिक प्रहरीको सूचनामा उल्लेख गरिएको छ।

जिल्ला ट्राफिक प्रहरीले सोही अवधिमा बढ्दो सवारी दुर्घटना न्युनिकरण गर्न बिद्यालय, बाटो, सार्वजनिक स्थलमा गरी दुई हजार ३९९ सचेतना मुलक कार्यक्रम आयोजना गरेको जसमा ५३ हजार ९३६ जना मानिस सहभागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ।

कम जनशक्तिको बावजूद जिल्लाको मुख्य पूर्व पश्चिम राजमार्गको बागमती, जुडिबेला, चन्द्रनिगाहपुर, गौर–चन्द्रपुर सडकखण्ड अन्तर्गत डुमरिया, गरुडा, शिवनगर, सुकदेव चौक, बम नहर, गौर र ग्रामीण क्षेत्रमा समेत ट्राफिक प्रहरी परिचालन गरिएको जनाईएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस