साहलाई अपहरण गर्ने एक नाबालकसहित चार जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख १८, बिहिबार (१० महिना अघि)
  • २ पटक पढिएको
साहलाई अपहरण गर्ने एक नाबालकसहित चार जना पक्राउ

पर्सा,१८ वैशाख। कलैया उपमहानगर–१८ का सुधीरप्रसाद साहलाई अपहरण गरेको अभियोगमा एक नाबालकसहित चार जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी सुवास भट्टले अपहरणमा परेका साहको वीरगञ्ज महानगर–१२ मुर्लीस्थित एक घरबाट मङ्गलबार राति उद्धार गरेको तथा अपहरणमा रिकेशकुमार र राजन गुप्ता तथा सखुवाप्रसौनी गाउँपालिकाका सिकेन्द्र साहलाई पक्राउ गरिएको बताए ।

हिरासतमा रहेका नाबालकको विवरण भने सार्वजनिक गरिएको छैन । 

पर्सा जिल्ला अदालतबाट बुधबार शरीर बन्धकसम्बन्धी कसुरमा पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति लिइएको सूचना अधिकारी भट्टले बताएका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस