पाकिस्तानका एफएम रेडियोमा भारतीय गीत प्रसारणमा प्रतिबन्ध

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ बैशाख २०, शनिबार (१० महिना अघि)
  • १  पटक पढिएको
पाकिस्तानका एफएम रेडियोमा भारतीय गीत प्रसारणमा प्रतिबन्ध

वर्तमानकाल सम्वाददाता
बैशाख २० गते ।

जम्मू–कश्मीरको पहलगाम आक्रमणपछि भारत र पाकिस्तानबीचको तनाब जारी छ । जारी तनावबीच पाकिस्तान
प्रसारणकर्ता संघ (पीबीए)ले पाकिस्तानी एफएम रेडियोमा भारतीय गीतहरूको प्रसारण रोकेको छ । पाकिस्तानको सूचना तथा
प्रसारण मन्त्रालयले सम्पूर्ण देशको सामूहिक भावनालाई प्रतिबिम्बित गर्ने बताएको छ ।

पाकिस्तानका सूचना तथा प्रसारण मन्त्री अताउल्लाह तरारले भने, ’म पीबीएको यो निर्णयको गहिरो कदर गर्छु। यसले देखाउँछ कि हामी देशको एकताको लागि एकसाथ उभिन्छौं र यस्तो समयमा देशको आधारभूत भावनालाई समर्थन गर्छौं ।’

ताजा अपडेट

खोजी गर्नुहोस