नेपाल-भारत सीमा क्षेत्रबाट चिनियाँ नागरिक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ४, शनिबार (९ महिना अघि)
  • १  पटक पढिएको
नेपाल-भारत सीमा क्षेत्रबाट चिनियाँ नागरिक पक्राउ

सिरहा,०३ जेठ। सिरहाको बरियारपट्टी गाउँपालिका-३ स्थित नेपाल-भारत सीमा क्षेत्रबाट एक चिनियाँ नागरिकलाई भारतीय सशस्त्र सीमा बल (एसएसबी) ले पक्राउ गरेको छ । एसएसबीले चिनियाँ नागरिक यू सिचाओलाई पक्राउ गरी भारत लगेको हो ।

शुक्रबार दिउँसो उनीसँगै दुई नेपाली नागरिकलाई पनि एसएसबीले पक्राउ गरी लगेको थियो । तर, नेपालीलाई भने राति फिर्ता पठाइएको जिल्ला प्रहरी कार्यालय, सिरहाले जनाएको छ ।

फिर्ता पठाइएका बरियारपट्टीकै डा. सञ्जित दास र मुकेश दासलाई आवश्यक सोधपुछका लागि बोलाइएको सिरहाका प्रहरी प्रमुख अनन्तराम शर्माले बताए । पक्राउको कारणबारे त्यसपछि मात्रै खुल्ने उनको भनाइ छ ।

नेपाल नागरिक डा. सञ्जित चिनियाँ नागरिकको साथी भएको बुझिएको छ । उनी चीनबाट एमबीबीएस पढेका हुन् । पढ्न गएकै बेला उनीहरूबीच चिनजान भएको प्रहरी स्रोतको भनाइ छ ।

चिनियाँ नागरिक यू सिचाओ तीन महिनाका लागि नेपाल आएका उनको पासपोर्टबाट खुलेको छ । शंकास्पद गतिविधि गरेपछि चिनियाँ नागरिकलाई नियन्त्रणमा लिइएको भारतीय पक्षले दाबी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस