अनाथका धर्मपिता रौतहटको गरूडा निवासी वंशीराम जैसवालको निधन

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ५, आईतबार (९ महिना अघि)
  • ४ पटक पढिएको
अनाथका धर्मपिता रौतहटको गरूडा निवासी वंशीराम जैसवालको निधन

वर्तमानकाल सम्वादाता
जेष्ठ ०२, रौतहट

रौतहटको गरुडा नगरपालिका ४ स्थित वंशीराम जैसवाल अनाथालयका संस्थापक तथा रौतहटका वरिष्ठ समाजसेवी वंशीराम जैसवालको देहावसान भएको छ । जिल्लाको सबैभन्दा निःस्वार्थ समाजसेवीको रुपमा परिचित वंशीराम जैसवालको गरुडास्थित अनामिका अस्पतालमा उपचारको क्रममा देहावसान भएको हो । २०५२ सालमा आफ्नै जमिनमा अनाथालय स्थापना गरी अनाथहरुसितै बस्दै आउनु भएका समाजसेवी जैसवालको ९३ वर्षको उमेरमा देहावसान भएको भतिज पंकज जैसवालले जानकारी गराएका छन् । जैसवालको शवलाई अन्तिम श्रद्धाञ्जलि गरुडा स्थित रहेको खोला वैदिक विधिअनुसार अन्तिम संस्कार गरिएको वहाँ भतिज पंकज जैसवालले जानकारी गराएका छन् ।

सम्पूर्ण घरपरिवारलाई त्याग गरी अनाथहरुसित अनाथजस्तै जीवन व्यतीत गरेका समाजसेवी जयसवालमा मानवता तथा उच्च धार्मिक आस्था रहेको थियो । सम्पूर्णरुपले निस्वार्थ समाजसेवामा जीवन अर्पण गरेका जैसवाल सयौँ अनाथ तथा विपन्नका धर्मपिता तथा अभिभावक भएर जीवन सुधारेको गरुडा नगरपालिका ४ का वडाध्यक्ष सुनिलकुमार जैसवालले जानकारी गराएका छन् ।

विभिन्न उमेरजन्य समस्याहरुसित संघर्ष गर्दै समाजसेवी जैसवालले ९३ वर्षको उमेरसम्म निःस्वार्थ रुपमा अनाथ तथा विपन्नको सहारा बनेर सेवा गरेको महान व्यक्तिले आजबाट विश्राम लिएको नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य तथा उद्योगपति धर्मनाथ जैसवालले बताएका छन् ।“वंशीराम जैसवाल समाजसेवा, सद्भावना र मानव कल्याणका प्रतीक थिए । उहाँको निधनले समाजले एक असल अभिभावक गुमाएको छ।” उहाँको योगदान सदैव प्रेरणाका स्रोत बनेर रहने विश्वास व्यक्त गरेका छन् ।


समाजसेवी जैसवालले अनाथालयसँगै आफ्नो निजी जमिन निशुल्क दान दिएर विद्यालयको स्थापना पनि गरेका छन् । जैसवालले स्थापना गरेको अनाथालय प्राथमिक विद्यालयमा करिब दुई सय बालबालिका अध्ययनरत छन् । समाजसेवी जैसवालले आफ्नै जमिन दिएर गायत्री शक्ति पीठको निर्माण पनि गराएका छन् । शक्ति पीठ गरुडाको एउटा धार्मिकस्थलको रुपमा परिचित बनेको छ ।
अनाथालयमा रहेका बालबालिकाको उपचारको लागि समाजसेवी जैसवालले कम्तीमा एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्न खोजेका थिए ।

विभिन्न समाजसेवी तथा पालिकालाई अनाथालयको तर्फबाट बारम्बार अक्षयकोष स्थापनाको लागि पहल गरेका समाजसेवी जयसवालको चाहना थियो – अनाथालयमा बस्ने बालबालिकालाई कुनै रोगले सताउँदा उपचारमा समस्या नहोओस् । हरेक महिना अनाथ बालबालिकाको उपचारमा घटीमा तीस हजार रुपैया खर्च हुँदै आएको देखिएको छ । समाजसेवी जैसवालको चाहनाअनुसार अक्षयकोषको स्थापना भएको भए पनि एक करोड रुपैया भने पुग्न सकेको छैन ।

ताजा अपडेट

खोजी गर्नुहोस