जीतपुरमा जारी व्यापार तथा सांस्कृतिक महोत्सवमा झडप

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ५, आईतबार (९ महिना अघि)
  • २ पटक पढिएको
जीतपुरमा जारी व्यापार तथा सांस्कृतिक महोत्सवमा झडप

बारा,०४ जेठ। बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ मा जारी व्यापार तथा सांस्कृतिक महोत्सवमा शनिबार राति प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावग्रस्त बनेको छ।

ईलाका प्रहरी कार्यालय सिमराकी प्रमुख तथा प्रहरी नायब उपरीक्षक (डिएसपी) शुभद्रालामा वाइबाको नेतृत्वमा आएको प्रहरी टोलीले गायक सुनिल पण्डितसँग प्रस्तुति भइरहेकै बेला माइक खोसेपछि घटनाले उग्र रूप लिएको हो।

सांगीतिक प्रस्तुति रोकेर प्रहरी हस्तक्षेप भएपछि दर्शकहरू आक्रोशित बनेका थिए। प्रत्यक्षदर्शीहरूका अनुसार, आक्रोशित भीडले मेला स्थलमा तोडफोड गर्नुका साथै केही स्थानमा ढुंगा-मुढा समेत प्रहार गरेका छन्।

हिंसात्मक स्थिति बनेपछि मेलाको माहोल पूर्ण रूपमा अव्यवस्थित भएको थियो भने सर्वसाधारणमा त्रास फैलिएको थियो। घटनास्थलमा थप प्रहरी बल परिचालन गरिएको छ र अहिले अवस्था नियन्त्रणमा रहेको स्थानीय प्रशासनले जनाएको छ।

हालसम्म घटनाको विस्तृत विवरण आउन बाँकी रहेको भए पनि स्थानीय प्रशासनले तत्काल घटनाको छानबिन प्रक्रिया सुरु गरिसकेको जनाएको छ।

यस घटनाले सुरक्षाकर्मी र स्थानीयबीचको समन्वयमा प्रश्न उठाएको छ भने मेलाको व्यवस्थापनप्रति पनि आलोचना हुने देखिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस