मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ६, सोमबार (९ महिना अघि)
  • ४ पटक पढिएको
मधेशका पूर्वअर्थमन्त्री विजय यादव र बागमतीका मेयर भरत थापाविरुद्ध अर्को भ्रष्टाचार मुद्दा

वर्तमानकाल सम्वादाता
जेष्ठ ०४ गते ।

मधेश प्रदेश अर्थ मन्त्रालयका तत्कालीन मन्त्री विजय कुमार, बागमती नगरपालिका सर्लाहीका निलम्बित मेयर भरत कुमार थापा विरुद्ध फेरि अर्को भ्रष्टाचार मुद्दा दर्ता भएको छ । ३० करोड गैरकानूनी अनुदान दिने र लिने विरुद्ध अख्तियारले उनीहरूसहित ८ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरेको हो । मुद्दा दायर हुनेमा बागमती नगरपालिकाकी निलम्बित उपमेयर लीलाकुमारी मुक्तान, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, मधेश प्रदेश अर्थ मन्त्रालयका तत्कालीन कानुन अधिकृत गोकुल भुजेलसमेत छन् । मेयर थापा यसअघि पनि भ्रष्टाचार र अकूत सम्पत्ति आर्जनको मुद्दा खेपिरहेका छन् । मेयर र उपमेयर माओवादी केन्द्रका हुन् भने पूर्वअर्थमन्त्री यादव जसपा नेपालका हुन् ।

अख्तियारका अनुसार पूर्वमन्त्री यादवसँग २९ करोड ९९ लाख ८६ हजार १३५ बिगो दाबी गरिएको छ । मेयर–उपमेयरसँग ५६ करोड ७१ लाख ७ हजार २९२ बिगो मागदाबी गरिएको छ । मन्त्रालयका कानून अधिकृत भुजेलसँग २९ करोड ९९ लाख ८६ हजार १३५ रूपैयाँ, नगरपालिकाका इन्जिनियर निरन्जन लामिछोनसँग १० करोड १४ लाख ९५ हजार, हाल निलम्बित इन्जिनियर सागर पौडेलसँग ४६ करोड ५६ लाख १२ हजार २९२, लेखा अधिकृत विश्वराज पोखरेलसँग ५६ करोड ३ लाख ३४ हजार ४०४ रूपैयाँ, बिगो माग गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

तत्कालीन इन्जिनियर निरन्जन लामीछाने, सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल मेयर, उपमेयर, प्रशासकीय अधिकृतसहित यी सबै कर्मचारी यसअघिकै भरत ताल भ्रष्टाचार प्रकरणमा मुद्दा दर्तापछि निलम्बित छन् ।सर्लाहीको बागमती नगरपालिका–४ र १२ को उक्त परियोजना सर्लाहीको वन क्षेत्र अतिक्रमण गरी ढुंगा, गिटी, बालुवा, माटो गैरकानूनी रूपमा उत्खनन् गरी माछापोखरी बनाउने भनेर संघ, प्रदेश सरकारसमेतको करोडौं रकम खर्चेर गैरकानूनी संरचना बनाएकोमा अख्तियारले मुद्दा चलाएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस