भन्सार छलेर ल्याइएकाे तीन करोडभन्दा बढीको कृषि औजार बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ६, सोमबार (९ महिना अघि)
  • १  पटक पढिएको
भन्सार छलेर ल्याइएकाे तीन करोडभन्दा बढीको कृषि औजार बरामद

काठमाडौं,०५ जेठ। झापास्थित भारतीय नाका हुँदै भन्सार छलेर नेपाल भित्र्याइएको तीन करोड ६१ लाख रुपैयाँ मूल्यबराबरको कृषि औजार प्रहरीले बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय झापाको टोलीले आइतबार राति ती कृषि औजार बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रवीण श्रेष्ठले बिर्तामोड नगरपालिका–५ स्थित पूर्व–पश्चिम राजमार्गमा तीन भारतीय कन्टेनर जाँच गर्दा भन्सार छलेर अवैध रूपमा ल्याइएका सामान बरामद भएको जानकारी दिए ।

उनका अनुसार काँकडभिट्टा हुँदै नेपालतर्फ भित्रिएका एनएल ०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका तीन वटा भारतीय कन्टेनरलाई प्रहरी टोलीले राजमार्गबाटै नियन्त्रणमा लिएको हो ।

ती कन्टेनरभित्र बाली काट्ने मेसिन र त्यसमा प्रयोग हुने कृषि औजार थिए । बरामद अवैध सामान र कन्टेनरलाई सोमाबर आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस