वीरगन्जको छपकैयास्थित भकुवा नाकाबाट भारी मात्रामा लागुऔषध बरामद

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ७, मंगलबार (९ महिना अघि)
  • २ पटक पढिएको
वीरगन्जको छपकैयास्थित भकुवा नाकाबाट भारी मात्रामा लागुऔषध बरामद

पर्सा,०६ जेठ। सशस्त्र प्रहरी बल पर्साले वीरगन्जको छपकैयास्थित भकुवा नाकाबाट भारी मात्रामा लागुऔषध बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्रबहादुर सिंहको कमान्डमा खटिएको टोलीले  मंगलबार बिहान भारी मात्रामा लागुऔषध बरामद गरेको हाे । 
 
भारतबाट अवैध रूपमा दुईजना व्यक्तिहरूले टाउकोमा बोकी नेपालतर्फ ल्याउँदै गरेको ट्रमाडोल ५० एमजीको  ८१ हजार ४९० ट्याब्लेट प्रहरी देख्नासाथ छाडेर भागेको हो । 

नाकामा लागुऔषध छाडेर फरार भएपछि उक्त लागुऔषध बरामद गरी आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस