सर्लाहीबाट ११२ किलो गाँजासहित एक जना पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ७, मंगलबार (९ महिना अघि)
  • ३ पटक पढिएको
सर्लाहीबाट ११२ किलो गाँजासहित एक जना पक्राउ

सर्लाही,०६ जेठ। सर्लाहीको लालबन्दी नगरपालिका– १४, डाइनी खोलाबाट करिब ११२ किलो अवैध लागुऔषध गाँजासहित एक व्यक्ति पक्राउ परेका छन्। सोही नगरपालिका– १४ बस्ने ४२ वर्षीय सोमबहादुर तामाङलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय लालबन्दी र प्रहरी चौकी पत्थरकोटबाट खटिएको प्रहरीले डाइनी खोलामा रोकेर राखेको बिआर ३२ एएन ०८१७ नम्बरको स्कारपियो र लु.३३प ३८९४ नम्बरको मोटरसाइकललाई जाँच गर्न खोज्दा प्रहरी टोलीलाई देख्नासाथ तीनजना फरार भएका थिए।

सोमबहादुरलाई भने नियन्त्रणमा लिई स्कारपियो तलासी गर्दा डिकीभित्र प्लास्टिकमा प्याकिङ गरी राखेको २१ वटा पोकामा रहेको उक्त परिमाणको गाँजा फेला परेको प्रहरीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस