शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ७, मंगलबार (९ महिना अघि)
  • २ पटक पढिएको
शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरी पक्राउ

काठमाडौं,०६ जेठ। विद्युतीय अपराध (साइबर क्राइम) मुद्दामा फरार रहेका कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरी पक्राउ परेका छन् ।

जिल्ला अदालत रुपन्देहीले जेठ १ गते उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसयता चौधरी फरार थिए ।

मङ्गलबार उनलाई बुटवलबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

चौधरीमाथि पालिकाकै एक बलात्कृत युवती तथा उनको परिवारको गोपनीयता सार्वजनिक गरेको आरोप छ । पक्राउ परेका चौधरीलाई प्रहरीले अनुसन्धान र म्याद थप प्रक्रियाका लागि सरकारी वकिल कार्यालय लगेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस