भरत तालबाट फर्किदै गर्दा जिरायतमा मोटरसाईकल दुर्घटनामा परि रौतहटका सहित दुई जनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ८, बुधबार (९ महिना अघि)
  • ४ पटक पढिएको
भरत तालबाट फर्किदै गर्दा जिरायतमा मोटरसाईकल दुर्घटनामा परि रौतहटका सहित दुई जनाको मृत्यु

वर्तमानकाल सम्वादाता
जेष्ठ ०६ गते ।

सर्लाहीको वागमती नगरपालिका ४ जिरायत बजारमा दुई मोटरसाइकल एकआपसमा मंगलवार अपरान्ह् ठोकिएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएका छन् । वागमती नगरपालिका वडा नम्वर ४ स्थित जिरायत बजारको भित्री सडकमा पुतली चोकबाट सोल्टी बजार तर्फ जादै गरेका प्र.३–०२–००६प ७८६८ र विपरित दिशाबाट आउदै गरेका बा ५६ प ५२६ नम्वरको मोटरसाइकल आज अपरान्ह् ४ बजेको समयमा एक आपसमा ठकिएर दुर्घटना हुँदा दुबै मोटरसाइकलका चालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन् ।

प्र.३–०२–००६प ७८६८ नम्वरको मोटरसाइकल चालक काठमाण्डौं महानगरपालिका वडा नम्वर २३ बसन्तपुरका ३० बर्षीय बिबेक मानन्धर गम्भीरु घाईते हुँदा उपचारको लागि बिरगंज तर्फ जानेक्रममा अवस्था नाजुक बन्दै जाँदा चन्द्रनिगाहपुर प्रालि अस्पतालका ४.३० बजेको समयमा चिकित्सकले चेक जाँच गर्दा मृत घोषणा गरे ।

बा ५६ प ५२६ नम्वरको मोटरसाइकल.चालक रौतहट माधवनारायण नगरपालिकाको बिसुनपुर्वा गाउँका ३३ बर्षीय नागेन्द्र साह सोनारको हात सहित शरिरको विभिन्न स्थानमा चोट लागि घाईते अवस्थामा उपचारको लागि बिरगंज तर्फ लैजाने अवस्था सिकस्त हुँदा चन्द्रनिगाहपुर प्रालि अस्पताल रौतहटमा लग्दा ४.३० बजेको समयमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।

मृतक दुबै जनाको शव चन्द्रनिगाहपुर अस्पतालमा राखिएको छ । सोहि मोटरसाइकलमा पछाडी सवार भारत बिहार राज्य बकुलियाका ३४ बर्षीया मुनि देबी साह सोनारको शरिरका बिभिन्न भागमा चोटको, मृतक सोनारको ३२ बर्षीय श्रीमती चनचल देवी साहको शरीरको विभिन्न स्थानमा चोट लागेर घाइते भएपछि वागमती मोडेल अस्पताल हरिवनमा सामान्य उपचार पश्चात थप उपचारको लागि वीरगञ्ज पठाइएको उनले भने ।

प्रहरीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिए । स्थानीय श्रोतका अनुसार रौतहटको माधवनारायण नगरपालिका विसुनपुर्वा मानपुर घर भएका सोनार परिवार संग भरत ताल घुमेर फर्किने क्रममा उक्त दुर्घटना हुँदा दुखद निधन भयो ।

ताजा अपडेट

खोजी गर्नुहोस