सर्लाहीमा करेन्ट लागेर पुजारीको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ८, बुधबार (९ महिना अघि)
  • ३ पटक पढिएको
सर्लाहीमा करेन्ट लागेर पुजारीको मृत्यु

सर्लाही,०७ जेठ। सर्लाहीमा करेन्ट लागेर एक वृद्ध पुजारीको मृत्यु भएको छ । 

मंगलबार पौने ३ बजेतिर जिल्लाको बलरा नगरपालिका–५ महतो टोलमा गोडैता गाउँपालिका–२ निवासी अन्दाजी ७० वर्षीय महादेव महतो (पुजारी) को मृत्यु भएको हो । 

सोही टोलमा रहेको विजय महतोको घरमा उनी पूजा गर्न गएका थिए । पूजा सम्पन्न गरी पानी पिउने क्रममा मोटर जडान गरिएको धाराबाट पानी लिँदा अचानक उनलाई करेन्ट लागेको थियो ।

घटनापछि उनलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । चिकित्सकले उनलाई दिउँसो सवा ३ बजे मृत घोषणा गरेका थिए । शव हाल सोही अस्पतालमा राखिएको छ भने घटनाको जानकारी पाएपछि प्रहरी चौकी अर्नाहाबाट प्रहरी पुगेका थिए ।

घटनास्थल अर्नाहा प्रहरी चौकीबाट अन्दाजी २ किमी पश्चिममा पर्छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र यसबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस