वडाध्यक्ष यादव नेतृत्वले बुझाए प्रप्रअ यादवलाई ज्ञापनपत्र

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ८, बुधबार (९ महिना अघि)
  • ४ पटक पढिएको
वडाध्यक्ष यादव नेतृत्वले बुझाए प्रप्रअ यादवलाई ज्ञापनपत्र

\\ रूपेश कुमार यादव \\

राैतहट,०७ जेठ। रौतहटको फतुवा विजयपुर नगरपालिकामा आज वडा अध्यक्षको समूहले विभिन्न मागहरु राख्दै प्रमुख प्रशासकीय अधिकृत समक्ष ज्ञापनपत्र बुझाएका छन् ।

वडा अध्यक्ष संजय यादव नेतृत्वले आज फतुवा विजयपुर नपाको प्रप्रअलाई कार्यालयमा ज्ञापनपत्र बुझाइएको हो । वडा अध्यक्ष यादवका नेतृत्वमा ९ जना वडा अध्यक्षहरुको टोलिले विभिन्न माग राख्दै प्रमुख प्रशासकीय अधिकृत भरतप्रसाद यादवलाई ध्यानाकर्षणसहित ज्ञापनपत्र बुझाएको थियो ।

कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले जनप्रतिनिधिहरुको मुल्य मान्यतालाई मध्यनजर गरि विधि र विधानलाइ लत्याएर कानुनी शासनको धज्जी उडाइ नगरपालिकाबाट सम्पादन गरेको काम प्रती हाम्रो कार्यपालिकाको सदस्यहरुलाई स्विकार्य नभएको भन्दै प्रमुख प्रशासकीय अधिकृतलाई ज्ञापनपत्र बुझाएको थियो ।

यस्तै २०८१/०८२ को नगर स्तरीय योजनाहरुमा बिना छानबिन भुक्तानी गर्न समेत रोक गर्न माग वडा अध्यक्षहरुले ज्ञापनपत्र मार्फत गरेका छन् ।

ज्ञापनपत्रमा उल्लेख भए अनुसार २०८१/०८२ को वडा स्तरीय योजनाहरुको कार्यादेश तथा भुक्तानी प्रक्रिया अगाडि बढाई दिने सम्बन्धमा तथा २०८१/०८२ मा वडा कार्यालय भवन तथा नगर कार्यपालिकाको प्रशासनिक भवन निर्माणको लागि जग्गा प्रक्रिया खाेलाकाे टेन्डर प्रक्रिया अगाडि बढाई दिने सम्बन्धमा लगायत बुन्दाहरुको माग सहित अधिकृत यादवलाई ज्ञापनपत्र बुझाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस