काठमाडौंको सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ८, बुधबार (९ महिना अघि)
  • २ पटक पढिएको
काठमाडौंको सोह्रखुट्टेस्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी

काठमाडौँ,०७ जेठ। काठमाडौँ महानगरपालिका–१६ सोह्रखुट्टे स्थित सिग्मा कलेजको क्यान्टिनमा आगलागी भएको छ । आज बिहान लागेको आगो सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय बासिन्दाले दमकलको सहयोगमा नियन्त्रणमा लिएका छन्  । 

ग्याँस लिग भई आगलागी हुँदा क्यान्टिनमा रहेका सामान जलेर नष्ट भएको सशस्त्रका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । यस आगलागीमा करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।

आगलागीको जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नं २४ बाघभैरव गुल्म काठमाडौँबाट सशस्त्र प्रहरी नायव उपरीक्षक अशोक कुमार न्यौपाने र काठमाडौँ महानगरपालिका वारुणयन्त्र कार्यालय न्यूरोडबाट सशस्त्र प्रहरी नायव निरीक्षक धन बहादुर सुवेदीको कमान्डमा सुरक्षा फौज खटिएको थियो । 

आगो बिहान करिब ८ बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो । 

ताजा अपडेट

खोजी गर्नुहोस