प्रहरी जवान चन्द्रिका आइजीपीबाट पुरस्कृत

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ८, बुधबार (९ महिना अघि)
  • २ पटक पढिएको
प्रहरी जवान चन्द्रिका आइजीपीबाट पुरस्कृत

काठमाडौँ,०७ जेठ। कैलालीमा एक महिलालाई सुरक्षित सुत्केरी गराएकी त्यहाँकी प्रहरी जवान चन्द्रिकाकुमारी देउवालाई प्रहरीले सम्मान गरेको छ। 

जिल्लाको गोदावरी नगरपालिका १ चैतन्यपुरको सडकमा प्रसव पीडाले छट्पटाइरहेकी ती महिलालाई देखेपछि उनले सुरक्षित प्रसुति गराएकी थिइन्। 

आमा र बच्चाको ज्यान जोगाई प्रहरीको छविलाई उच्च बनाउन प्रशंसनीय भूमिका निर्वाह गरेको भन्दै अस्थायी प्रहरी बिट खैराना, कैलालीमा कार्यरत देउवालाई प्रहरी महानिरीक्षक दीपक थापाले पुरस्कृत गरेका हुन्।

उनले सुरक्षित सुत्केरी गराउँदै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल ।

ताजा अपडेट

खोजी गर्नुहोस