चितवनमा चट्याङ लागेर एकजनाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ९, बिहिबार (९ महिना अघि)
  • २ पटक पढिएको
चितवनमा चट्याङ लागेर एकजनाको मृत्यु

चितवन,०८ जेठ। चट्याङ लागेर चितवनमा एकजनाको मृत्यु भएको छ । चितवन जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको पहाडी भेग  इच्छाकामना गाउँपालिका-१ क्याङसिराङका ५१ वर्षीय बिरू चेपाङको चट्याङले लागेर मृत्यु भएको हो ।

हिजो बुधबार मध्यान्ह भतिजा दिलबहादुर चेपाङसँग हिँड्दै गरेका बिरूमाथि बाटोमै चट्याङ परेको थियो ।

चट्याङका कारण बिरूको घटनास्थथलमै मृत्यु भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी रविन्द्र खनालले बताए । साथमा रहेका दिलबहादुर चेपाङ सामान्य घाइते भएका छन् ।

मुग्लिनबाट ४५ किलोमिटर मिटर पूर्व दक्षिण दिशामा रहेको घटनास्थलमा प्रहरी हिजो राति नौ बजे पुगेको थियो ।

पोष्टमार्टमका लागि आज बिहान तीन बजेतिर शव भरतपुर अस्पताल ल्याइएको डिएसपी खनाले जानकारी दिएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस