
रौतहट,०८ जेठ। रौतहटको राजपुर नगरपालिका–४ मा बिना दर्ता सञ्चालित औषधि पसल अनुगमनका क्रममा औषधि व्यवस्था विभागका निरीक्षकमाथि भएको हातपात र अभद्र व्यवहारप्रति नेपाल निजामती कर्मचारी युनियनले कडा आपत्ति जनाएको छ।
कारबाही गर्न माग गरेको हो। अनुगमन टोलीमा विभागका शम्भु शाहको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय रौतहटका प्रतिनिधि र प्रहरी निरीक्षकको टोली पनि सहभागी थियो।
अनुगमनको क्रममा निरीक्षक ओम जयसवाल र अमर शर्मा केही स्थानीयले दुर्व्यवहार र हातपात गरेको युनियनले जनाएको छ। यस्ता घटनाले कर्मचारीको मनोबल गिराउनुका साथै जनमुखी सेवा प्रवाहमा नकारात्मक असर पार्ने युनियनको भनाइ छ।
