ग्रीस पठाउने भन्दै ८ लाख लिएर फरार भएका राई पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ९, बिहिबार (९ महिना अघि)
  • ४ पटक पढिएको
ग्रीस पठाउने भन्दै ८ लाख लिएर फरार भएका राई पक्राउ

काठमाडौं,०८ जेठ। वैदेशिक रोजगारीमा आकर्षक तलबमा ग्रीस पठाउने भन्दै ८ लाख लिएर फरार व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कागेश्वरी मनोहरा नगरपालिका–७ बस्ने ७६ वर्षीय नरवीर राईलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।

राईले ग्रीस पठाइदिन्छु भन्दै १ जना पीडितबाट ८ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस