बस र ईभी कार एक आपसमा ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १०, शुक्रबार (९ महिना अघि)
  • २ पटक पढिएको
बस र ईभी कार एक आपसमा ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ ।

चितवन,०९ जेठ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत चितवनको खैरहनी नगरपालिका २ ज्यामिरे चोकमा बस र ईभी कार ठोक्किँदा एक जना चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कार चालक चितवनको खैरहनी नगरपालिका–८ बस्ने ४२ वर्षीय प्रदिप तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

उदयपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ७०२३ नम्बरको बस र विपरीत दिशामा रहेको बागमती प्रदेश ०१–०३० च ११५७ नम्बरको कार आज बिहान १ः४५ बजे आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएका कार चालक तिमल्सिनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर पठाइएकोमा चिकित्सकले आज बिहान ३ बजेर ५ मिनेटमा मृत घोषणा गरेको प्रहरीको भनाइ छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस