दाहसंस्कार गर्न लगिएकी बालिकाको शव प्रहरी नियन्त्रणमा – बुवा, काका र काकी पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १०, शुक्रबार (९ महिना अघि)
  • ३ पटक पढिएको
दाहसंस्कार गर्न लगिएकी बालिकाको शव प्रहरी नियन्त्रणमा – बुवा, काका र काकी पक्राउ

विराटनगर,०९ जेठ । संखुवासभामा दाहसंस्कार लागि ठिक्क पारेको शव प्रहरीले नियन्त्रणमा लिएको छ । सङ्खुवासभाको भोट खोला गाउँपालिका–४ सिप्प्रङकी ६ वर्षीया युनिका तामाङको शव प्रहरीले नियन्त्रणमा लिएको हो ।

दाहसंस्कार गर्ने तयारी भइरहेका बेला प्रहरीले शवसहित उनका बुवा, काका र काकीलाई समेत नियन्त्रणमा लिएको छ ।

उनीहरूलाई शव सहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । प्रहरीका अनुसार उनका बुवा गोपाल र मृतककी काकी कल्पनाका बिचमा झगडा हुँदा युनिका घाइते भएकी थिइन् ।

उनीहरूका बिचमा झगडा हुँदा युनिका डिलबाट खसेकी थिएन । प्रहरीका अनुसार गत वैशाख ३० गते गोपाल तामाङ र उनकी भाइ बुहारी कल्पनाबिच घरायसी विवादमा झगडा भएको थियो ।

झगडाका क्रममा कल्पनाले भतिजी युनिकालाई डिलबाट धकेलेर लडाएको आरोप छ । लडेर घाइते भएकी युनिकाको नोबेल अस्पताल विराटनगरमा उपचारका क्रममा जेठ ७ गते मृत्यु भएको थियो ।

सो विषयमा उजुरी परेपछि जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाको टोलीले गोपाल तामाङकी छोरी युनिकाको शव बिहीबार नियन्त्रणमा लिएर जिल्ला अस्पतालको शव गृहमा राखेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस