काठमाडौंबाट २९ लाख रकमसहित एक पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ ११, शनिबार (९ महिना अघि)
  • ३ पटक पढिएको
काठमाडौंबाट २९ लाख रकमसहित एक पक्राउ

काठमाडौं,१० जेठ। सुनचाँदी जस्तो देखिने धातु र झन्डै २९ लाख रूपैयाँ नगदसहित काठमाडौंबाट एक जना पक्राउपरेका छन् ।

काठमाडौं महानगरपालिका–३२ स्थित कोटेश्वर सेती ओपी मार्गबाट एक जनालाई पक्राउ गरिएको २७ वर्षीय योगेश श्रीमंत मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनको साथबाट ७३४.२९ ग्राम सुन जस्तो देखिने धातु र साढे नौ किलो चाँदी जस्तो देखिने धातु बरामद गरेको प्रहरीले जनाएको छ । साथै, उनको साथबाट प्रहरीले २८ लाख ९३ हजार रूपैयाँ नगद पनि बरामद गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपील राज बोहराका अनुसार, शुक्रबार अपराह्न सुनको अवैध कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो ।

उक्त सूचनाका आधारमा प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको टोलीले मगरलाई पक्राउ गरेको हो ।भारत महाराष्ट्र सोलापुर घर भएका मगरले कोटेश्वरमा श्रीराम ज्वेलर्स सञ्चालन गर्दै आएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस