
रूपेश कुमार यादव
रौतहट ,१० जेठ। फतुवा बिजयपुर नगरपालिकामा किसानहरु लाई सप्रे टंकी बितरण गरिएको छ।
साे नगरपालिकाका वडा नम्बर १ अन्तर्गत पर्ने गम्हरिया र बाँकेपुरका किसानहरुका लागी उक्त सामग्री बितरण गरिएको हाे। नगर स्तरीय बजेट करिब १ सय १० जना वास्तविक किसानहरुलाई सप्रे टंकी बिरतण गरिएको समाजसेवी मिश्रीलाल मुखियाले जानकारी जानकारी गराएका छन।

नगरपालिकाकाे कार्यपालिका सदस्य सिकिलिया देवि बिनिनकाे नेतृत्वमा शनिबारका दिन बितरण गरिएको हाे । उत्पादनलाई ब्यवसायीकरण गर्दै आत्मनिर्भरका उपायहरु अवलम्वन गर्नु पर्नेमा जोड दिएका थिए ।सामाग्रीको सही प्रयोग गरि उत्पादन बढाउन कार्यपालिका सदस्य बिनिनले सुझाव दिएकी छिन ।

कृषकलाई हरेक कृषि सम्बन्धि ज्ञान र सीप सहित आयआर्जनमा जोडिने प्रकारको कार्यक्रम संचालनमा ल्याउने आफ्नो योजना रहेकाे बताएका छिन् ।वास्तविक कृषकहरुलाई सहयोग गरि उत्पादन बढाउने नीति तथा कार्यक्रम रहेकाे बिनिनले जानकारी दिईन । उनले कृषक र उद्यमीलाई प्रोत्साहन गर्दै आवश्यक सहयोग गर्दै जाने कार्यक्रममा बताएकी छिन । कृषकको उत्पादनलाई वृद्धि गर्नका लागि आफूहरुले सक्दाे सहयोग गर्ने नगरपालिकाका जिन्सी शाखा प्रमुख हरेन्द्र यादवले बताए ।

कृषि सामाग्री पाउदा किसानहरु खुशी भई नगरपालिका तथा कार्यपालिका सदस्य बिनिनलाई धन्यवाद ज्ञापन समेत गरिएको थियो नगरपालिका लागू भए देखी नै आफुअरुलाई केही नपाएको र अब याे सामाग्री पाए संग खेती कृषिकाम गर्नु थप सहयोग पुग्ने किसानहरुले दावी गरे। उक्त सामाग्री बितरण कार्यक्रममा गाउँका भद्रभलादमी , बुद्धिजीवी राजनितीकदल लगाएत पत्रकारहरुकाे सहभागीता रहेका थियो ।
