मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १२, आईतबार (९ महिना अघि)
  • ४ पटक पढिएको
मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

बारा,११ जेठ। बारा जिल्लाको सुवर्ण गाउँपालिका–२ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, कवहिका कक्षा ६ मा अध्ययनरत १२ वर्षीय छात्र छोटेलाल रामको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको छ। मृतक रामटोल–१, बारा निवासी राजेन्द्र रामका छोरा हुन्।

दुर्घटना बिहीबार बिहान १०:४५ बजे घुसुकपुर टोलमा भएको हो। मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते भएका बालकलाई उपचारका लागि तत्काल वीरगंजस्थित नेशनल मेडिकल कलेज लगिएको थियो। तर, उपचारको क्रममा शुक्रबार उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

दुर्घटनापछि मोटरसाइकल चालक फरार रहेको र हालसम्म प्रहरीले चालकलाई नियन्त्रणमा लिन नसकेको जनाइएको छ। यस घटनाले स्थानीयमा आक्रोश फैलिएको छ।

प्रदर्शनका कारण सो क्षेत्रमा केहीबेर यातायातसमेत प्रभावित भएको थियो। स्थानीय प्रशासन र प्रहरी अधिकारीहरूले घटनास्थलमा पुगेर स्थिति सामान्य बनाउने प्रयास गरिरहेका छन्।

प्रहरी अनुसन्धान जारी प्रहरी प्रशासनका अनुसार घटनाको विस्तृत अनुसन्धान भइरहेको छ र मोटरसाइकल चालकको पहिचान तथा खोजी कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको छ। घटनास्थलमा संलग्न साक्षी तथा सीसीटीभी फुटेजमार्फत अनुसन्धान भइरहेको जनाइएको छ।

स्थानीय बासिन्दा र पीडित परिवारले दोषीलाई छिटोभन्दा छिटो कानुनी दायरामा ल्याई कारबाही गर्न माग गरेका छन्।

ताजा अपडेट

खोजी गर्नुहोस