ट्रयाक्टरले ठक्कर दिँदा बृद्वको घटनास्थलमै मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १२, आईतबार (९ महिना अघि)
  • २ पटक पढिएको
ट्रयाक्टरले ठक्कर दिँदा बृद्वको घटनास्थलमै मृत्यु

बरहथवा,११ जेठ। सर्लाहीमा ट्रयाक्टरले ठक्कर दिँदा बृद्वको घटनास्थलमै मृत्यु भएको छ। जिल्लाको बसवरिया गाउँपालिका–६ मनटोलमा आइतबार दिउँसो ट्रयाक्टरले ठक्कर दिँदा स्थानीय ६५ बर्षीया अमिरी पासवानको मृत्यु भएको हो।

प्रहरीको अनुसार उनकै घरको आँगनमा माटो पुर्ने क्रममा ज १ त ९५६४ नम्बरको ट्रयाक्टरको पछाडिको भागले ठक्कर दिएको हो। आँगनमा माटो पुर्दै गर्दा ट्रयाक्टरमा जडान गरिएको टेलर ब्याक गर्दा टाउकोमा गम्भीर चोट लागेका उनको घटनास्थलमै मृत्यु भएको हो।

घटनाको जानकारीपछि प्रहरीको टोलि घटनास्थलमा खटिएको र ट्रयाक्टरलाई घटनास्थलमै सुरक्षित राखिएको छ भने ट्रयाक्टर चालक फरार रहेको र उनको खोजि कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस