१० केजी लागुऔषध गाँजासहित सर्लाहीबाट दुई युवक प्रहरी नियन्त्रणमा

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १३, सोमबार (९ महिना अघि)
  • २ पटक पढिएको
१० केजी लागुऔषध गाँजासहित सर्लाहीबाट दुई युवक प्रहरी नियन्त्रणमा

सर्लाही,१२ जेठ। सर्लाहीमा १० केजी गाँजासहित दुई जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको लालबन्दी नगरपालिका १६ परवानीपुरका १८ वर्षीय गब्बर वाइबा र १९ वर्षीय दीपेश वाइबा रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नेपाल–भारत सीमा नजिक पर्सा गाउँपालिका ५ बाट उनीहरुलाई उक्त परिमाणको गाँजासहित पक्राउ गरिएको हो। उनीहरु सवार प्रदेश २–०२–००३ प ५३९४ नम्वरको मोटरसाइकल उक्त स्थानमा चेकजाँच गर्ने क्रममा गाँजा भेटिएको थियो।

पक्राउ परेका दुवै जनालाई लागूऔषध नियन्त्रण ऐनअन्तर्गत आवश्यक कानुनी कारबाहीका लागि सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस