
बारा,१३ जेठ। प्रहरीले बाराको फेटा गाउँपालिका–५ जोतपुरबाट अवैध लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत मोतिहारी ग्राम ईनर्वा बस्ने ४८ वर्षीय सलिम मिया रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। उनको साथ बाट अवैध लागूऔषध गाँजा ३ किलो ३ सय ५० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । बरामद भएको गाँजा सहित मियालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
