१३ वर्षीय बालिकालाई प्रेमको झुटो प्रलोभन दिएर बलात्कार गर्ने यादव पक्राउ

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १५, बुधबार (९ महिना अघि)
  • ३ पटक पढिएको
१३ वर्षीय बालिकालाई प्रेमको झुटो प्रलोभन दिएर बलात्कार गर्ने यादव पक्राउ

वीरगञ्ज,१४ जेठ। एक जना १३ वर्षीय बालिकालाई प्रेमको झुटो प्रलोभन दिँदै पटक–पटक बलात्कार गरेका एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको जगरनाथपुर गाउँपालिका – ६ सन्ठी गाउँका २३ वर्षीय विशाल यादव रहेका छन् ।

कक्षा ८ मा पढ्ने १३ वर्षीय बालिकालाई यादवले प्रेम गर्छु भन्दै झुटो प्रलोभन दिएर ललाई फकाई पटक–पटक बलात्कार गरेको पीडित बालिकाले बताएको प्रहरीले जनाएको छ ।

जेठ ८ गतेका दिन पनि विद्यालयबाट घर फर्कने क्रममा बालिकालाई यादवले वीरगञ्ज महानगरपालिका – १५ भिस्वास्थित आफ्नो डेरामा लगेर बलात्कार गरेको प्रहरीको भनाई छ ।

पीडित बालिकाको उरजीका आधारमा आरोपित यादवलाई जेठ १२ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) किशोर लम्सालले बताए ।

पक्राउ गरिएका यादवलाई प्रहरी हिरासतमा राखेर उनिविरुद्ध करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरेर पर्सा जिल्ला अदालतबाट ६ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको डिएसपी लम्सालले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस