धादिङ कारागारमा एक थुनुवाले गरे झुण्डीएर आत्महत्या

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ जेष्ठ १५, बुधबार (९ महिना अघि)
  • ३ पटक पढिएको
धादिङ कारागारमा एक थुनुवाले गरे झुण्डीएर आत्महत्या

धादिङ,१४ जेठ। धादिङ कारागारमा गएराति एक थुनुवाले झुन्डिएर आत्महत्या गरेका छन्। धादिङको बेनीघाट रोराङ गाउँपालिका– ७, चरौँदीका २० वर्षीय विष्णु सुनारले शौचालयमा झुन्डिएर आत्महत्या गरेको कारागार कार्यालय धादिङका प्रशासक राममणि मिश्रले जानकारी दिए।

मिश्रका अनुसार उनी गत ७ गतेदेखि ज्यान मार्ने उद्योगमा पुर्पक्षका लागि थुनामा रहेका थिए । सुनार राति १ बजेतिर शौचालय गएका थिए। तर, लामो समयसम्म पनि नफर्किएपछि शौचालयको झ्यालबाट हेर्दा झुन्डिएको अवस्थामा मृत भेटिएका हुन्।

मुढा बुन्न प्रयोग हुने डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा सुनार मृत भेटिएको उनले बताए । ‘दुई हात लामो डोरीले पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएको हो । सुनारको शव पोस्टमार्टमका लागि धादिङ अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ,’ प्रशासक मिश्रले भने । 
 

ताजा अपडेट

खोजी गर्नुहोस