पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०८२ आश्विन ३०, बिहिबार (४ महिना अघि)
  • ३ पटक पढिएको
पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु

पोखरा, ३० असोज। कास्कीको पोखरास्थित फुस्रेखोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको ज्यान गएको छ।

ललितपुर महानगरपालिका-१८ भैंसेपाटीमा बस्दै आएका १३ वर्षीय विकाश देवकोटाको बुधबार दिउँसो मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार, पोखरा महानगरपालिका-१७ मा रहेको फुस्रेखोलामा पौडी खेल्न गएका देवकोटा अचानक डुबेर अशक्त भएका थिए।

उनको तत्काल उद्धार गरी उपचारका लागि पोखरास्थित पश्चिम क्षेत्रीय अस्पतालमा लगिएको थियो।

अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। कालिकोट स्थायी घर भएका देवकोटा परिवारसँग ललितपुरमा बस्दै आएका थिए।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस