वीरगञ्जमा तनावग्रस्त : झडपपछि प्रशासनद्वारा कर्फ्यु लागू

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८२ फागुन १०, सोमबार (१ दिन अघि)
  • ९४ पटक पढिएको
वीरगञ्जमा तनावग्रस्त : झडपपछि प्रशासनद्वारा कर्फ्यु लागू
वीरगञ्ज, ११ फागुन । वीरगञ्ज महानगरपालिकामा आइतबार साँझ दुई समुदायका बीच भएको सामान्य बादविवादले उग्र रुप लिएर भएका झडप पछि स्थानीय प्रशासनले कर्फयु आदेश जारी गरेको छ ।
वीरगञ्ज महानगरपालिका–११ श्रीपुर क्षेत्रमा गाडी पार्किङको विषयलाई लिएर विवाद चर्किदा केही समयका लागि अवस्था तनावग्रस्त बनेको थियो । स्थिति नियन्त्रण बाहिर जान थालेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सामान्य बल प्रयोग गर्दा भिड तितरबितर भएका थिए ।
सोमबार बिहानै देखि पुनः नारा जुलुस र प्रदर्शन सुरु भएपछि स्थानीय प्रशासनले बिहान पौने १० बजेदेखि कर्फयु आदेश जारी गरेको जनाए । कर्फयु अवधिमा सर्वसाधारणलाई घरभित्रै बस्न र अनावश्यक रूपमा बाहिर ननिस्कन आग्रह गरिएको छ ।
पर्साका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले सम्भावित अप्रिय घटना घट्न नदिन नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई संवेदनशील क्षेत्रमा परिचालन गरिएको छ ।
प्रशासनले सामाजिक सञ्जालमा फैलिन सक्ने अफवाह प्रति सचेत रहन र सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अपिल गरे । स्थिति नियन्त्रणमा राख्न सुरक्षा निगरानी कडा पारिएको जनाइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस