मुख्य सामग्रीमा जानुहोस्
१३ मंसिर २०८३, आइतबारदिउँसो १:५६
१३ मंसिर २०८३ आइतबारदिउँसो १:५६ Sunday, November २९, २०२६

खैरो हेरोइनसहित महिला पक्राउ, साथबाट १३ लाख रुपैयाँ बरामद

शेयर५०३०००
Listen to this article
1 min listen · 97 words0:00 / 1:00
0:00
1:00

झापा,१३ मंसिर। झापाको बिर्तामोडबाट खैरो हेरोइन सहित पक्राउ परेकी महिलाको साथबाट प्रहरीले स्रोत नखुलेको नगद पनि बरामद गरेको छ ।

लागुऔषध नियन्त्रण ब्युरोको काँकडभिट्टा शाखाबाट खटिएको टोलीले शनिबार मेचीनगर नगरपालिका–१५ घर भएकी ३६ वर्षीया पार्वती राजवंशीलाई पक्राउ गरेको थियो । उनको साथबाट १३ लाख नगद पनि बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसएसपी सुवास बोहराले रातोपाटीलाई बताए ।

प्रहरीले उनको साथबाट१८ ग्राम ४८० मिलिग्राम खैरो हिरोइन बरामद गरेको थियो । उनको साथबाट प्रहरीले  लागु औषध तौलने डिजिटल तराजु पनि बरामद गरेको छ । राजवंशीलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि ब्युरोले इलाका प्रहरी कार्यालय अनारमनीमा बुझाएको छ ।

प्रकाशित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

शेयर५०३०००

प्रतिक्रिया (0)

प्रतिक्रिया दिन कृपया लगइन गर्नुहोस्

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code

Welcome back

Log in with your username or email address.

Forgot password?
Email me a login code